काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसीबोका बिक्री गर्न सुरु गर्दैछ । दशैंका लागि खाद्यले खसीबोका सोमबार राजधानीमा भित्र्याएको थियो ।
कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेका अनुसार भित्राइएको खसीबोकाको स्वास्थ्य परीक्षण गरी आजदेखि सर्वसाधारणको लागि बिक्री गर्न लागिएको हो ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजार मूल्य भन्दा केही सस्तो मूल्यमा खसीबोका बिक्री गर्न लागेको छ । खाद्यले प्रतिकिलो जिउँदो खसीबोका र च्यांग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर बिक्री गर्दैछ।
कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकेको छ। यस्तै जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ६० रुपैयाँ प्रतिकिलो तोकिएको न्यौपानेले जानकारी दिइन् । निजी क्षेत्रले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो खसी बोकाको शारिरीक बनोट हेरेर ६५० देखि ६९० रुपैयाँसम्म मूल्य तोकेको छ।
खाद्यले भने जिउँदो खसी बोकाको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ६७० र च्याङ्ग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर १२५० मा थापाथली स्थित प्रादेशिक बिक्री केन्द्रबाट बिहान ८ बजे देखि बिक्री गर्न लागेको हो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !