काठमाडौं। एनआईसी एसिया बैंकको २६औँ वार्षिक साधारण सभाले बोनस सेयर र नगद लाभांश स्वीकृत गरेको छ। शुक्रवार सम्पन्न साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२६३ प्रतिशत लाभांश स्वीकृत गरेको हो।
बैंकले ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६को बोनस सेयर र १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँको नगद लाभांश गरी कुल ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँको लाभांश वितरण गर्न लागेको हो।
२९ प्रतिशत बोनश शेयर पारित गरेपछि बैंकको कुल चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ रुपैयाँ पुगेको छ। साथै, सभाले आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरण स्वीकृत गरेको छ।
एनआईसी एसिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६३१ एटीएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखामार्फत सेवा दिँदै आएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !