काठमाडौं। नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले नेपाली युवा खाडी जाँदा चामल उत्पादन घटेको बताएकी छिन्। काठमाडौंको राष्ट्रिय सभागृहमा वाग्मती प्रदेश कांग्रेसले आयोजना गरेको कार्यक्रममा राणाले यस्तो बताएकी हुन्।
‘बंगलादेश जाँदा लाज पनि लाग्यो। हाम्रो भन्दा ६ गुणा जनसंख्या। तै पनि चामल यति धेरै उत्पादन गरेको छ। हामीमा चाहिँ जनतालाई खान दिन सकेको छैन। हाम्रो खेतहरु बाँझो छ। हाम्रो युवाहरु खाडीमा उँट चराउन गइरहेका छन्,’ उनले भनिन्।
आफू कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भएपछि कृषिबारे धेरै विषय थाह पाएको उनले बताइन्।राजनीतिक प्रसंगमा उनले आफू राजनीति गर्न नै आएको उल्लेख गरेकी छन्।
‘मलाई धेरैले लञ्छना लगाउँछन्। धनगढीमा टिकट दर्ता गर्न जाँदा मैले सोचिसकेको थिएँ। गैंडाको छाला उमार्न नसके मेरो खैरत छैन। म राजनीति गर्न नै आएकी हुँ,’ आरजुले भनिन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !