काठमाडौँ । काठमाडौं महानगरपालिकाले पशुपति पानी उद्योगलाई जरिवाना तिराएको छ।
बुढानिलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै एक लाख रुपैयाँ जरिवाना गरिएको महानगरका अनुगमन निरीक्षक डा अवधेश झाले जानकारी दिए।
पशुपति पानी उद्योगबाट उत्पादित एभरेष्ट जारभित्रको पानीमा लार्भा भेटिएकाले कारबाही गरिएको उनले बताए। बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेका लार्भा भेटिएको थियो। महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ।
काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि एक लाख रुपैयाँ जरिवाना गरेको थियो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !