काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई युवा संघको तागत ननाप्न चेतावनी दिएका छन् ।
सोमबार दिउँसो जमलस्थित एलोप्यागोडा होटलमा केही व्यक्तिले प्रसाईलाई कालोमोसो दलेका थिए । प्रसाईले आफूलाई एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेको भन्दै कानूनी प्रकृयामा नजाने तर पैंचो तिर्ने चेतावनी दिएका थिए ।प्रसाईको चेतावनी सार्वजनिक भएपछि युवा संघका पूर्वअध्यक्षसमेत रहेका बस्नेतले युवा संघको तागन नपाप्न प्रसाईलाई प्रतिउत्तर दिए ।‘बैंक तथा वित्तीय संस्थालाई चुनौति दिने, विभिन्न समुदायलाई देश निकाल्छु , कालोमोसो दल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन् ।
अब सुध्रिउँ, अरुलाई दोष नलगाउँ । यस्तालाई सरकारले कारबाही गरोस् । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई ’ बस्नेतले भनेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !