काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई गृहजिल्लाका विभिन्न स्थानमा जाने क्रममा सडकका कारण समस्यामा परेपछि आक्रोश पोखेका छन् ।
गृहजिल्ला गोरखाको भीमसेन गाउँपालिका ६ मा पटक पटक भट्टराई सवार गाडी फसेको थियो । हिलाम्मेबाटोमा गाडी फसेको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनले ग्रामिण सडक निर्माणमा प्रचण्ड सरकारको ध्यान नपुगेको इंगित गरेका छन् ।
‘गोरखा भीमसेन गापा ६ रिपमा पटक पटक गाडी फसेको कटु अनुभव,ग्रामीण क्षेत्रका प्रायः सडकको अवस्था यस्तै ’ भट्टराईले ट्विटरमा लेखेका छन् ।
यसअघि चुनाव जित्दै आएको गोरखाको निर्वाचन क्षेत्र गत मंसिरमा सम्पन्न निर्वाचनमा भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेका थिए । दाहाल अहिले प्रधानमन्त्री रहेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !