काठमाडौं । दशैंमा घर फर्कने यात्रुलाई लक्षित गरि सार्वजनिक यातायातको टिकट बुकिङ भोलि शनिबारदेखि खुल्ने भएको छ । ल्होत्से बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबारदेखि लागु हुने गरि अग्रिम टिकटको बिक्री खुल्ला गर्न लागेको हो । घटस्थापना आउन १० दिन मात्र बाकी हुदा यातायात व्यवसायीले राखेका विभिन्न अडानका कारण दसैंको अग्रिम टिकट खुल्ने मिति तय हुन सकेको थिएन । यसैबीच यात्रुहरु बिचल्लीमा नपरुन् र चाडको रमाइलो सबैले गर्न पाउन् भन्ने सेवाभावसँगै टिकट बुकिङ खुलाउने निर्णय भएको गोंगबुस्थित बसपार्कमा कार्यरत कर्मचारी गोकर्ण लामिछानेले बताए ।
करिव २ सातादेखि यातायात व्यवसायी र सरकारबीच दिनहुँजसो छलफल चलिरहेको छ। विगतका वर्षमा झै यातायात व्यवसायीले अग्रिम टिकट खुलाउन अघि सरकारसँग भाडा बृद्धि हुनुपर्ने माग तेर्स्याएका छन् भने सरकार चाडबाडको मुखमा भाडा बढाउँदा चौतर्फी आलोचना खेप्नुपर्ने दबावमा छ । यसैबीच ल्होत्सेको यो निर्णयसँगै दशैंमा घर फर्किनेहरुमा पैदा भएको अन्यौलता र संशय अब हटेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !