काठमाडौं । मुक्तिनाथ केबुलकार बनाउन भारतीय कम्पनी के एन्ड आर रेल इन्जिनियरिङले लगानी गर्ने भएको छ । बुधबार भारतको हैदरवादमा रहेको के एन्ड आर रेल इन्जिनियरिङले केबुलकार परियोजना निर्माणका साथै लगानीसमते गर्ने गरी सम्झौता गरेको छ ।
समझदारीपत्रमा मुक्तिनाथ कम्पनीका प्रवन्ध सञ्चालक श्रीधर सापकोटा र के एन्ड आर रेलका अध्यक्ष कुरु प्रविर काल्राले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै भारतीय कम्पनीले परियोजनाका ईपीसी ठेक्का लिने र परियोजना कर्जा अपरिवत्य मुद्रामा लगानी गर्ने भएको कम्पनी सचिव सुमित्रा पाण्डेले जानकारी दिइन् ।
परियोजनामा २ प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा, ७ प्रतिशत सर्वसाधारण र ११ प्रतिशत संस्थापको स्वामित्व रहने छ । परियोजनाको लागत ५५ अर्ब रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !