काठमाडौँ ।सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा दोश्रो दिनसम्म झण्डै पाँच लाखको आवेदन परेको छ । आइतबारदेखि निष्काशन गरिएको कम्पनीको आईपीओमा ४ लाख ९९ हजार ५७५ आवेदन परेको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा ५८ लाख ८५ हजार ५०० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जारी गरेको आईपीओबाट कम्पनीले १ अर्ब ३९ करोड ८२ लाख ७७ हजार ९० रूपैयाँ संकलन गरेको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा स्थानिय बासिन्दाहरुले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिएका थिए। रीतपूर्वक आवेदन दिएका आवेदकलाई माग गरे बमोजिम शेयर बाँडफाँट गरिसकेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !