काठमाडौँ- नेपाल सरकारका सचिव मधुकुमार मरासिनी र नेपाल टेलिकमकमा प्रबन्ध निर्देशक सुनिल पौडेलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूसहित ७ जनाविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
नेसनल पेमेन्ट गेटवेको २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
६ वर्ष अगाडि नेसनल पेमेन्ट गेटवे खरिद गरेर भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लागेको छ। कमिसनको चक्करमा किनिएको एक्त गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
यो मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ।
यस्तै एआईटीसीका सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोखरेल, एनआईटीसीका तत्कालीन लेखा अधिकृत नीमबहादुर वली, एनआईटीसीका कम्युटर इन्जिनियर रामशरण गायकविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारले जानकारी दिएको छ।
६ वर्षअघि खरिद गरिएको नेशनल पेमेण्ट गेटवेका लागि २५ करोडका सामग्री किनिएको आरोप पत्रमा उल्लेख छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !