राजविराज (सप्तरी) । प्रसिद्ध सप्तरीको छिन्नमस्ता मन्दिरमा शुक्रबार (आज) साँझदेखि महागङ्गा आरती सुरु हुने भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ मा रहेको मन्दिरको मूलगेट अगाडि महाआरती सुरु हुने मन्दिरका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए। प्रत्येक दिन गर्ने गरी महागङ्गा आरती सुरु गर्न लागिएको उनले बताए ।
महाआरतीमा दैनिक पाँच जना संलग्न हुनेछन् । उनीहरूलाई भारतको बनारस र कुशेश्वर स्थानबाट आरतीसम्बन्धी विशेष तालिम दिइएको पीठाधीश ठाकुरले बताए ।
उनका अनुसार देशको अन्य ठाउँभन्दा विशेष तरिकाले यहाँ गङ्गा आरती सुरु गरिने छ । छिन्नमस्ता मन्दिरमा दसैँको बेला ठूलो मेला लग्ने गर्छ ।छिन्नमस्ता मन्दिरमा महागंगा आरती सुरु हुने

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !