धनगढी । अछामको रामारोशन पर्यटन क्षेत्रमा पर्यटन सम्मेलन गर्ने भन्दै ठूलो संख्यामा विदेशबाट आएका पर्यटकहरूलाई जिल्ला प्रशासन कार्यालय अछामले डोटी र अछामको सीमाना चौखुट्टेमा सात दिन रोक्यो । पर्यटन क्षेत्रमा सम्मेलनको आयोजनाबारे आफूहरूलाई कुनै जानकारी नभएको र पर्यटनसँग सम्बन्धित कुनै पनि निकायको अनुमति नभएको भन्दै प्रशासनले रोक्दा पर्यटकहरु सात दिनसम्म सडकमार्गमै बस्नुपरेको थियो ।
बिज्ञापन
प्रदेशमा विदेशी पर्यटक भित्र्याउने तथा खप्तडमा रहेका जडिबुटी सम्बन्धी अध्ययन गर्न भन्दै सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा खप्तड सम्मेलन भयो । सम्मेलनमा सहभागि हुन पुगेका पर्यटकहरुको एउटै भोगाई थियो –‘सहज मार्ग र आधारभुत सुविधा भएन् ।’ खप्तड पर्यटकीय दृष्टिकोणले सुन्दर भएपनि त्यहाँसम्म पुग्नका लागि यात्रा गर्ने क्रममा खानेपानी, टेलिफोन, खाजाको व्यवस्थापन गर्न असहज भएको उनीहरुको भनाई थियो । उनीहरु भन्दै थिए –‘ठाउँ–ठाउँमा होटलको सुविधा र सडक मार्ग बनेको भए पर्यटकहरु धेरै आउने थिए ।’
बिज्ञापन
माथिको प्रतिनिधि घटनामात्र हुन । सुदूरपश्चिम प्रदेशमा पर्यटन विकासको राम्रो सम्भावना रहे पनि आवश्यक पू्र्वाधार र सुरक्षा निकायको कमजोरीका कारण यहाँ आउने पर्यटकहरु दोस्रो पटक आउन सक्ने वातावरण बन्न सकेको छैन् ।
सुदूरपश्चिम प्रदेशका तराईका दुई तथा पहाडका सात गरि नौ जिल्लामा धार्मिक, सांस्कृतिक, पुरातात्वीक, साहसिक (हिमाल आरोहण, ¥याफ्टिङ, प्याराग्लाईडिङ) ग्रामीण लगायतका पर्यटकीय गन्तव्य रहे पनि आवश्यक पूर्वाधारको अभावका कारण आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था कमजोर हुनुका साथै पर्यटन विकासमा आशातित प्रगति हुन नसकेको पर्यटन व्यवसायीहरूको अनुभव छ ।
सुदूरपश्चिममा अछाम, बझाङ, बाजुरा र डोटी जिल्लाको भू–भाग समेटिएको प्रशिद्ध खप्तड रहेको छ ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा कर्णाली नदीमा ¥याफ्टिङको निकै सम्भावना रहेको छ । त्यस्तै, टीकापुर पार्क, विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी ताल, तथा डल्फिन क्षेत्र, जाखोर ताल, गोवारीधाम, शिवपुरीधाम आदि महत्वपूर्ण गन्तव्य रहेका छन् ।
त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्ष, दोधारा–चाँदनीको झोलुंगे पुल, वेदकोटताल, डडेल्धुराको उग्रतारा तथा परशुरामधाम, डोटीको शैलेश्वरी, अछामको रामरोशन, बैद्यनाथधाम तथा पञ्चदेवल, बाजुराको बडीमालिका, बुढीनन्दा, बझाङको सुर्मा सरोवर र साइपाल हिमाल, बैतडीको पात्लाभुमेश्वर गुफा, त्रिपुरासुन्दरी, जगन्नाथ, निंग्लासैनी, दार्चुलाको अपि हिमाल, मल्लिकार्जुन लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थल रहेका छन् ।
यसबाहेक सुदूरपश्चिमको विविध जातजातिको भेषभूषा, कलासंस्कृति, खानपिन, रहनसहन ग्रामीण पर्यटनका भरपर्दो आधारका रुपमा रहेका छन्
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !