धनगढी । धनगढीको केजी हस्पिटलले प्रसूति गराउन आएकी महिलाको पाठेघर झिकेको भन्ने विषयमा आएको समाचार प्रति अस्पतालले आपत्ति जनाएको छ । सोमबार विभिन्न सञ्चारमा माध्यममा “धनगढीको केजी अस्पतालमा बच्चा जन्माउन गएकी महिलाको पाठेघर झिकेपछि” भन्ने शीर्षकमा आएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको अस्पता लले जनाएको छ ।
नकारात्मक असर पर्ने गरी आंशिक तथ्य मात्रै जानकारी गराउने गरी गरिएको समाचारले आम जनसमुदायमा अस्पतालप्रति नकारात्मक असर परेको अस्पतालका प्रबन्ध निर्देशक दीपक कुमारसिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
धनगढीको नवदुर्गा टोलका एक जनाले आफ्नो श्रीमतीको डेलिभरी गर्न अस्पताल ल्याएको र उनले यस अघि तीन सन्तानलाई जन्म दिइसकेकी थिइन् ।
बिज्ञापन
पहिलो सन्तानलाई नर्मल जन्म दिएकी उनले २ ओटा बच्चा शल्यक्रियाबाट भएको हुँदा चौथो बच्चा पनि शल्यक्रियाबाट जन्माउनुपर्ने चिकित्सकको सल्लाह बमोजिम गरिएको अस्पतालले जनाएको छ । तर, त्यसपछि उनको रक्तश्राव नरोकिएपछि घरपरिवारको मन्जुरी अनुसार बिरामीको ज्यान बचाउनलाई पाठेघर नै फाल्नु परेको अस्पतालले जनाएको छ ।
उनलाई सोमबार दिउसो आइसियुबाट जनरल वार्डमा सारिएको जनाइएको छ । त्यसै साँझ विभिन्न सञ्चार माध्यमबाट अस्पतालको लापरबाही भन्ने किसिमबाट समाचार आएकोले अस्पताल प्रति नकारात्मक प्रभाव परेको जनाइएको छ ।
जटिल खालका बिरामीलाई विभिन्न प्रयास गरी बचाएकोमा स्याबासी दिनुपर्ने ठाउँमा अस्पतालले लापरवाही गरेको भन्ने जस्ता समाचारले दुखी बनाएको अस्पतालले जनाएको छ । अस्पतालले यस्ता समाचारले बिचलित नभएको भन्दै आगामी दिनमा सुदूरपश्चिमका जनतालाई गुणस्तरीय सेवा प्रदान गर्ने विज्ञप्ति मार्फत जनाएको छ । तर, अस्पतालले मापदण्ड विपरित अहिलेसम्म शल्यक्रियासहित केही सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !