काठमाडौं । नेपालमा रेमिट्यान्स भित्र्याउन पायोनियर कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘दशैंमा दश गुणा’ योजना सार्वजनिक गरेको छ ।
चाडपर्वलाई उत्सवको रूपमा मनाउन ग्राहकको खुशीका लागि यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउन्टरहरु मध्ये कुनैबाट आफ्नो रेमिट्यान्स प्राप्त गर्नुपर्नेछ ।
अभियान अवधिका प्रत्येक कारोबारहरु स्वतः रुपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन् । यो योजना देशभर ८ असोजदेखि सुरु भएर १० मंसिर २०८० सम्म लागू हुनेछ । यसका साथै बम्परमा भाग्यशाली ग्राहकले एक लाख रूपैयाँसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने ५० हजार भन्दा कम कारोबारमा निश्चित पुरस्कार ५ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।
यदि विजेताको कारोबार रकम १ लाख रुपैया भन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !