काठमाडौँ। साउन महिनामा मात्रै २६ वटा उद्योगहरु दर्ता भएका छन्। उद्योग विभागका अनुसार साउन महिनामा कुल लगानी २५ अर्ब ७ करोड रुपैयाँ लगानी प्रतिबद्धता सहित उक्त संख्यामा उद्योगहरु दर्ता भएका हुन।
जसमध्ये सबैभन्दा बढी पर्यटन क्षेत्रसँग सम्बन्धित ९ वटा उद्योग दर्ता भएका छन। त्यस्तै दोस्रोमा सेवामुलक र पूर्वधार क्षेत्रमा काम गर्न ४÷४ वटा उद्योग दर्ता भएका छन।
यसैगरी कृषि तथा बन पैदावारमा आधारित १, उर्जामुलक ३, सूचना, संचार तथा प्रसारण प्रविधिमा आधारित ३, उत्पादन मुलकमा २ वटा उद्योग दर्ता भएका हुन।
यी कम्पनीहरुले कुल ९ सय १८ जनालाई रोजगारी दिने प्रतिबद्धता सहित उद्योग दर्ता गरेका हुन।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !