काठमाडौँ। सरकारले चालु आर्थिक वर्षको साउन महिनामा ८८ अर्ब १३ करोड ९० लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। यो राजश्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.३२ प्रतिशते कम हो। गत आर्थिक वर्षको पहिलो महिना साउनमा यस्तो कुल राजश्व संकलन ९२ खर्ब १२ करोड ३२ लाख भएको थियो।
चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले लक्ष्य ६ प्रतिशत राजश्व संकलन गर्न सकेको छ।
राजश्व संकलनमा सुस्त देखिएको सरकार खर्चमा पनि अझै जुट्न सकेको छैन। गत वर्ष साउन महिनामा मात्रै २४ अर्ब १ करोड ४९ लाख रुपैैयाँ भुक्तानी गरिसकेकोमा यो वर्ष भने खर्च भएन।
भदौको पहिलो दिन शुक्रबार भने ४१ करोड एकैदिन भुक्तानी भएको महालेख नियन्त्रक कार्यालयले देखाएको छ। जसमा चालु खर्च १४ अर्ब ६३ करोड ४७ लाख चालु खर्च भएको छ। त्यस्तै पुजीगत खर्च ९६ करोड ८६ लाख र वित्तीय खर्च २५ अर्ब ८६ करोड ३२ लाख भएको देखिएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !